२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगलाई जग्गा अभाव

अ+ अ-

हेटौँडा । औद्योगिक क्षेत्र हेटौँडामा जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भए पनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रले जग्गा थप गरेर व्यवस्थापन गरेको भए पनि नयाँ उद्योगका लागि जग्गाको माग बढेकाले जग्गा अभाव भएको हो ।

विगतमा तीन हजार ११९ रोपनी क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रमा २९० रोपनी जग्गा थप गरी विस्तारित औद्योगिक क्षेत्रका रूपमा नयाँ उद्योग थपिएको भए पनि जग्गाको माग राख्ने सबैलाई उपलब्ध गराउन नसकिएको कार्यालयका अधिकृत राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार थप जग्गामा १५ उद्योग निर्माण तथा सञ्चालन भइसकेका छन् । हाल औद्योगिक क्षेत्रमा तीन उद्योग मात्र बन्द छन् भने बाँकी सबै सञ्चालनमा छन् । प्रदेशको राजधानी हेटौँडा भएसँगै थप उद्योग सञ्चालनका लागि जग्गा माग भएको तर दिन नसकिएको अधिकृत श्रेष्ठले जानकारी दिए ।

कार्यालयका अनुसार तत्काल नयाँ उद्योग दर्ता तथा सञ्चालनका लागि जग्गा नहुँदा समस्या भएको छ । कार्यालयका अधिकृत श्रेष्ठका अनुसार जग्गाको अभाव पूर्ति गर्न औद्योगिक क्षेत्रको पूर्वपट्टि खाली रहेको जग्गाका लागि बोलपत्र आह्वान गरिएको छ । उनका अनुसार खाली जग्गामा पानी, विद्युत्को अभाव छ । अधिकृत श्रेष्ठले उक्त जग्गाका लागि बोलपत्र आह्वान गरिसकेको भए पनि अझै केही समय नयाँ उद्योगका लागि जग्गा उपलब्ध गराउन नसक्ने बताए ।

चालू आर्थिक वर्ष २०७५/७६ मा औद्योगिक क्षेत्रभित्र थप ३० नयाँ उद्योग सञ्चालनमा आउने भएका छन्  । आर्थिक वर्ष २०७३र७४ मा जग्गा दर्ता गरे पनि उद्योगको भौतिक संरचना नबनाएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले केही उद्योगमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएसँगै ती उद्योगहरुले भौतिक संरचना निर्माण शुरु गरेका हुन् ।

बन्द रहेको हेटौँडा कपडा उद्योगको २६० रोपनी जग्गामा पनि १५ उद्योग सञ्चालन भइसकेका छन् । उक्त जग्गामा सीई हाइड्रो मेकानिकल वक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेशनल स्ट्रक्चर इञ्जिनीयरिङ प्रालिले उद्योग सञ्चालन गर्न विसं २०७३ जेठअघि नै सम्झौता गरेका थिए । उद्योगको पूर्वाधार निर्माणकार्य सम्पन्न भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले बताए । उनले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले अझ थप जग्गामा बत्ती र पानी जडान गरी थप उद्योगलाई दिनुपर्ने बताए।