२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचौँ चेम्बर एक्स्पो फागुनमा

अ+ अ-

काठमाडौं । बढ्दो व्यापार घाटा न्यूनीकरण र आर्थिक क्रियाकलापलाई चलायमान गराउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्शले पाँचौँ ‘नेपाल चेम्बर एक्स्पो, २०२०’ आयोजना गर्ने भएको छ ।

आगामी फागुन १३ देखि १७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने सो मेलाबाट अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

मेलाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० को समयमा हुने एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी हुने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘यसले व्यापार प्रवर्द्धन मात्र नभई पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौँ ।’

व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने छ । यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने चेम्बरले विश्वास लिएको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा विभिन्न मुलुकबाट उद्योगी व्यवसायी तथा तिनका छाता सङ्गठनले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेटलगायत विधाका उत्पादन तथा सेवा मेलाको आकर्षणका रुपमा रहनेछन् ।

मेलामा २५० बढी प्रदर्शनी कक्ष रहने छन् । जसमा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीको सहभागिता रहने छ । नेपाललगायत भारत, चीन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्सलगायत युरोपका मुलुक तथा अन्य राष्ट्रका उत्पादित सामग्री मेलामा राखिने बताइएको छ ।