२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो

अ+ अ-

गलकोट । गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशलाई विनियोजन गरेको २५ लाखमध्येबाट रु १० लाखमा ३१ हजार बिरुवा लगाइएको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशका कृषि प्राविधिक निर्मला शर्माले जानकारी दिए ।

नमूना कृषि गाउँ रेशको बौर–तिङ्रिङको ५० रोपनी क्षेत्रफलमा १५ हजार चिया, १० हजार अलैँची, तीन हजार सुन्तला, दुई हजार किम्बु र एक हजार टिमुरका बिरुवा रोपिएको शर्माले बताए । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको भिरालो जमीनमा चिया तथा अलैँची खेतीको राम्रो सम्भावना देखेपछि चिया तथा अलैँचीखेती गरिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

कृषिउपजमा आत्मनिर्भर गराउने उद्देश्य राखेको गाउँपालिकाले तल्लो भागमा सुन्तला तथा उपल्लो भेगमा चिया तथा अलैँचीखेतीको विस्तार गरिरहेको काठेखोला गाउँपालिकाले जनाएको छ । नमूना कृषि गाउँका लागि रेशमा १० वटा कृषि कार्यक्रममा लगानी गरिरहेको गण्डकी प्रदेशले जनाएको छ । रेशमा खोर, भकारो तथा मलखात सुधार र तालीम कार्यक्रम, डाँले घाँस तथा उन्नत जातको घाँसको विस्तार कार्यक्रम, घाँसको बिरुवा खरीद तथा रोपण कार्यक्रम, चिया, अलैँची तथा सुन्तलाका बिरुवा खरीद तथा रोपण कार्यक्रम, उन्नत जातको बीउ बोका सामूहिकपालन कार्यक्रम, एकीकृत घर बगैँचा व्यवस्थापन तथा करेसाबारी निर्माण कार्यक्रम, पानीको स्रोत, पोखरी तथा खोला संरक्षण कार्यक्रम, महिलामैत्री औजार खरीद, गड्यौलाको मल उत्पादन कार्यक्रम, होर्डिङ बोर्ड तथा प्रोफाइल व्यवस्थापन कार्यक्रम गरिरहेको कृषि प्राविधिक शर्माले बताए ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँलाई रेशको साना किसान सहकारी संस्थाले समेत समन्वय गर्दै आएको सहकरीका अध्यक्ष यामबहादुर कार्कीले बताए ।

बागलुङ जिल्लामा चार वटा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको कार्यक्रम सञ्चालित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । रेश गाउँबाहेक जैमिनी नगरपालिकाको सर्कुवा, ताराखोलाको करिमेला तथा निसीखोलाको मसल गाउँ नमूना कृषि गाउँ छनोट गरिएको छ ।