२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली

अ+ अ-

रुपन्देही । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको आशालाई निराशामा परिवर्तन हुन नदिने अठोट व्यक्त गरेका छन् । गुल्मी रुपन्देही सम्पर्क मञ्च, क्षेत्र नं १ ले सनिबार बुटवलमा आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले जनताको जीवनस्तर सुधारका लागि सरकारले महत्वपूर्ण कार्यक्रम अगाडि सारेकाले अनावश्यक हल्लाका पछाडि नलागी कार्यक्रम सफल बनाउनेतर्फ साथ दिन आग्रह गरे ।

उनले जिल्लाका जनताले अपनत्व महसुस गर्ने हिसाबले सरकारले रोजगार र सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाएकाले जीवनस्तरमा परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्ञवालीले सरकारले सबै प्रदेशका जिल्लामा भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले भने, “विकासको आवश्यकता पूर्ति गर्न १८ खर्ब बजेट आवश्यक पर्छ । माग बढी छ तर स्रोत कम छ ।” भएको स्रोतको सदुपयोग गरी जनताका आवश्यकता पूरा गर्ने काममा सरकार लागेको उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले धेरै वर्षसम्म अरु मुलुकले विप्रेषणमा धानिने मुलुकका रुपमा मात्रै नेपाल चित्रित भए पनि १६ महीनाको अवधिमा नेपाल आफ्नो नाम र कामले चिनिन थालेको चर्चा गरे । उनले थपे, “हामी सरकारमा आउँदा नाकाबन्दीका कारण एउटा छिमेकी मुलुकसँग राम्रो सम्बन्ध थिएन । अर्को मुलुक चीनसँग औपचारिक सम्बन्ध मात्रै कायम थियो तर अहिले सम्बन्ध सुमधुर बनेको छ ।”

कार्यक्रममा गुल्मी जिल्लाको विकास र समृद्धिबारे सहभागीले राखेका जिज्ञासाको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले कालीगण्डकी करिडोर र मदन भण्डारी राष्ट्रिय राजमार्गसँग जोडिने भएका कारण गुल्मीको भविष्य उज्वल रहेको बताए । कालीगण्डकी करिडोरले संसारका दुई ठूला बजारलाई जोड्ने भएकाले भविष्यमा यसले देशको मुहार फेर्ने उनको विश्वास छ ।

मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय बजारमा गुल्मीको कफीको माग भएकाले जिल्लालाई ‘कफी सुपर जोन’का रुपमा विस्तार गर्न २९ वटा फारम बनाउने तयारी भएको बताए । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा रुरु, रेसुङ्गा र सत्यवती रहेकाले यी क्षेत्रको विकासलाई प्राथमिकता दिने उनले बताए ।

मन्त्री ज्ञवालीले आगामी दुई वर्षमा जिल्लाका हरेक घरमा पानीका धारा पु¥याउने र खरको छानो विस्थापन गर्ने कार्यलाई पूर्णता दिने प्रतिबद्धता जनाए । उनले लगानीअनुसार शिक्षामा प्रतिफल नआएकाले जिल्लामा प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको बताए । जिल्लामा दक्ष जनशक्ति उत्पादनका लागि जीवराज आश्रित स्मृति बहुप्राविधिक विद्यालय र कृषि क्याम्पस खोल्ने तयारी भइइरहेको मन्त्री ज्ञवालीले जानकारी गराए ।