२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षदेखि डिपबोरिङ सञ्चालनमा आउन सकेन

अ+ अ-

विराटनगर । मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको बोरिङ विगत दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पुर्‍याई उत्पादन वृद्धि हुने थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको उक्त स्थानमा एउटा ट्रान्सफर्मर जडान गर्न नसक्दा कृषि उत्पादन वृद्धि गर्ने सोच दुई वर्षदेखि अलपत्र परेको स्थानीय बासिन्दाको गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणलाई पटक–पटक भन्दा पनि बेवास्ताको कारण लगानी बालुवामा पानी हालेजस्तो भएको उनीहरुको भनाइ छ । बोरिङ सञ्चालनका लागि ११ हजार केभीको प्रसारण लाइन पुर्‍याएर २०० केभीको ट्रान्सफर्मर जडान गर्नुपर्ने हुन्छ ।

आयोजनाको काम सम्पन्न नहुँदा खेतबारीमा सहजरूपमा सिँचाइ गरी नगदेबालीमार्फत आम्दानी वृद्धि गर्ने आस मरेको कृषक रामकेवल साहले बताए। बोरिङ सञ्चालनका लागि १५ हर्षपावरको मोटर जडान गरिएको छ ।