२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८४ वर्ष उमेर पुगेका २४ ज्येष्ठ नागरिकलाई सम्मान

अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–८ वडा कार्यालयले वडाभित्र रहेका ८४ वर्ष उमेर पुगेका २४ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार वडाभित्रका वालिङ बजार, भीमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरालगायतका स्थानीयवासीको घरघरमै पुगेर सम्मान गर्नुका साथै स्वास्थ्य परीक्षणसमेत गरेको कार्यवाहक वडाध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।

वडाले ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए । “२४ ज्येष्ठ नागरिकलाई एक किलो हर्लिक्स, फलफूल तथा नगद ५०० प्रदान गरेका हौँ” कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, “सोही अभियानअन्तर्गत पूर्ण अपाङ्गता भएका नौ जनालाई नगद रु ५०० र फलफूल वितरण गरेका छौँ ।”

ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाको पहिलो कर्तव्य भएको बताउँदै कार्यवाहक वडाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँपुस्ताले सिकाइका रूपमा लिनु आवश्यक रहेको बताए। वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक बनाउन उनीहरूमा भएको रोगको पहिचान र निदान गर्ने उद्देश्यले अभियानको रूपमा थालिएको वडा सदस्य एवं कार्यपालिका सदस्य युगमाया पङ्गेनीले बताए ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गरी उचित परामर्श प्रदान गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाका रामचन्द्र ठाकुरले बताए । रासस