२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानमा उत्पादित टिमुर ४० जिल्लामा निर्यात

अ+ अ-

सल्यान । सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो ।

जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ ।

विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए । ‘हामीले उत्पादन गर्ने विरुवाहरु गुणस्तरीय भएकैले ४० जिल्लाबाट रु तीन लाख बढी विरुवाको माग आएको छ माग अनुसार विरुवा पाउन पनि गाह्रो छ’ शर्माले भने ।

उनले उत्पादन गरेका टिमुरका विरुवाहरु सङ्खुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आएपनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए । ‘अहिले मसँग रु एक लाख ५० हजार मात्रै विरुवा छ माग रु तीन लाख छ अन्य विरुवा उत्पादकसँग समन्वय गरेर भएपनि पुर्‍याउँछु’ शर्माले भने ।

टिमुरका प्रति विरुवा ४० का दरले विक्री भइरहेको बताउने शर्माले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनु भएको छ । टिमुर तथा फलफुलका विरुवा उत्पादन गर्दै आएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि विरुवा पुर्‍याउन नसकेर हैरानी खेप्नुपरेको छ ।

नर्सरीमा उत्पादन भएका विरुवाहरु मुख्य मौसम नआउँदै विरुवाहरु सकिएपछि गुनासो गर्नेहरुको सङ्ख्या धेरै रहेको छ । ‘नर्सरीमा रु दुई लाख बढी विरुवाहरु उत्पादन गरेको थिए असारको पहिलो हप्ता नै सकियो अहिले फोन गर्नेहरुको ताँती छ, विरुवा छैन मागअनुसारको पूर्ति हुन सकिरहेको छैन’ योगीले भने।

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा विरुवा उत्पादन गरिने भएकाले पनि माग बढेको उनको भनाइ छ । प्रतिविरुवा रु ५० देखि ६० सम्ममा विक्री गर्दै आएका योगीले वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । ‘टिमुरको उमार शक्ति १० देखि १५ प्रतिशत हो तर हामीले ६० देखि ७० प्रतिशतसम्म विरुवा उमारेको छौँ’ योगीले भने ।

टिमुरका विरुवाहरु खरिद गर्न ग्राहकरु घरमै आउने भएकाले बजारीकरणको समस्या नभएको बागचौर नगरपालिका–९ का ज्ञानबहादुर डाँगीले भने । ‘नर्सरीमा उत्पादन गरेको एक लाख ३० हजार विरुवा सबै विक्री भइसकेका छन्’ डाँगीले भने ।

जडिबुटीको रुपमा रहेको टिमुरको मूल्य अत्यधिक भएकाले पनि विरुवाको माग बढिरहेको छ । अहिले दैनिक तीनदेखि चारवटा गाडीबाट टिमुरलगायत विभिन्न फलफुलका विरुवाहरु निर्यात भइरहेका छन् । सुन्तला, जुनार, कागती, टिमुर, तेजपात, ओखर, स्याउलगायतका विरुवाहरु निर्यात भइरहेको छ ।रासस