२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक हप्ता एक दिन, खेतबारीमा केही छिन’

अ+ अ-

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ १४ वर्षपछि आउँदो साउन महीनामा आफ्नो खेतबारी हेरचाह गर्ने र केही छिन सकेको काम गर्नुहुने भएको छ । नगरप्रमुख ब्याञ्जूले आफू मात्रै होइन, नगरका सबै बसिन्दालाई ‘हप्तामा एक दिन, आ–आफ्नो खेतबारीमा केही छिन्’ पुर्‍याउन नीतिगतरूपमै कार्यक्रम बताएका हुन् ।

“‘एक हप्ता एक दिन, खेतबारीमा केही छिन्’ अभियानमार्फत श्रमको वातावरण तयार गर्न यस्तो कार्यक्रम ल्याएका हौँ, मैले आफ्नो खेतबारीमा नगएको १४ वर्ष भयो, यो अभियानअन्तर्गत म पनि मेरो खेतबारीमा पाइला टेक्नेछु”, नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका ब्याञ्जूले भने ।

पर्यटकीयस्थलका रूपमा देशविदेशमा परिचित धुलिखेल नपाले आउँदो आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रममा ‘एक हप्ता एक दिन, खेतबारीमा केही छिन्’ कार्यक्रम बनाएको छ । नगरप्रमुख ब्याञ्जूले भने, “यस अभियानमा म मात्र होइन, नगर कृषकबाहेक गैरकृषक सबैलाई आफ्नो खेतबारीमा हप्ताको एक दिन, केही समय हेरचाह गर्न र सकेको काम गर्ने वातावरण तयार गर्छु ।” उनले शुरुमा आ–आफ्नो खेतबारीमा जान अभियाननै चलाइने र पछि खेतबारीमा जाने बानी पर्दै जाने भएकाले अभियान सफल हुने विश्वास व्यक्त गरे ।

अभियानले कृषिको ज्ञान, विकास आदानप्रदान तथा नयाँ लगानीको वातावरण बन्न मद्दत पुग्ने अपेक्षा गरिएको ब्याञ्जूले बताए। धुलिखेलमा नयाँ कृषि फार्मले काम गर्न चाहिरहेको बताउँदै “अब बाँझो जमीनमा सिँचाइको व्यवस्था गरी सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुछ”, भने । उनले जैविक कृषि उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिक कृषिमा लाग्न चाहने युवा कृषकलाई रु पाँच लाख निरब्याजी ऋण दिइने नीतिगत कार्यक्रम बनाइएको पनि जानकारी दिए ।

नगरको रविओपी, देवीटार र पात्लेखेतलाई पोल्ट्री र कृषि, पशुपालनको पकेटका रुपमा विकसित भइरहेको र अन्य क्षेत्रमा यससम्बन्धी उत्पादन प्रसार गर्दै जाने कार्यक्रम बनाइएको छ । नगरमा कागती, लिची र सुन्तलाको सम्भावनाको क्षेत्र पहिचान गरी व्यावसायिक खेतीमा जोड दिइने ब्याञ्जूले बताए। उनले भने, “नगरका ग्रामीण भेगमा जैविक उत्पादनलाई जोड दिँदै बिक्री गर्न कृषि उपज बजार केन्द्र राख्नेछौँ ।” कृषिलाई यान्त्रिकीकरण गर्न ५० प्रतिशत अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरको १२ वडामा करीब ३५ हजारको बसोबास रहेको छ । नगरप्रमुख ब्याञ्जूले नगरको हरेक वडामा एउटा कृषि विशेषता भएको बनाइने भएकाले सबै वडामा कृषि प्राविधिकको व्यवस्था गरिने बताए । उनले नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा आर्थिक वर्ष २०७६÷७७ का लागि नगरमा ७७ करोड विकास बजेट विनियोजन गरेको जानकारी दिए ।