२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान टिमलाई बलियो बनाउँदै हरेक अनुसन्धान सफल पार्न कटिबद्ध हुनुपर्ने : महानिरीक्षक खनाल

अ+ अ-

कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान टिमलाई अझै बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताएका छन् ।

कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई सोमबार पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको चर्चा गर्दै उनले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायमको साथै समाज सुधारका काममा अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्नेमा जोड दिए । कार्यालय व्यवस्थापन, सरसफाई, व्यक्तिगत टर्नआउट लगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्त दुरुस्त रुपमा प्रस्तुत गर्नपर्ने बताए ।

नेपाल प्रहरीका रणनीति, योजना र दृष्टिकोणहरु तल्लो तहसम्म पुर्‍याउन सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उच्च मनोबल र नैतिक परिवर्तनका लागि संगठनद्वारा अवलम्बन गरिएका नीतिलाई गम्भीरतापूर्वक लिई सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

सूचना प्रविधि, बेरुजु फर्छौट लगायतका काम कारबाहीमा नेपाल प्रहरी अब्बल भई पुरस्कृत भएको चर्चा गर्दै उनले सूचना व्यवस्थापन लगायतका कामतर्फ ध्यान दिई प्रहरीका सकारात्मक कामलाई प्रकाश पार्नुपर्ने विचार व्यक्त गरे ।

उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेको समेत उपस्थिति रहेको थियो ।