२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाम्बासदेखि शिखर कटेरी मार्ग स्तरोन्नति

अ+ अ-

तनहुँ । नगर गौरव कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीसम्मको सडक मार्ग स्तरोन्नति भइरहेको छ ।

उक्त मार्ग डुम्रे–बेँसीशहर खण्डमा रहेको वडा नं–३ स्थित चाम्बासदेखि वडा नं ४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मघर शिखर कटेरीसम्म जोडिएको छ ।

वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नगर गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति तीव्ररुपमा गरिएको नगरप्रमुख उदयराज गौलीले बताए ।

चाम्बास, दोरदोर, भकुन्थोक, रिट्ठाबोट र भानुजन्मस्थल मार्ग नामकरण गरिएको सो मार्गको करीब ९५ प्रतिशत पूरा भएको छ । यस मार्गलाई नगरपालिकाले नगर गौरवको कार्यक्रममा समेटेकाले स्थानीयवासी खुशी भएका छन् ।

“सडक स्तरोन्नति हुँदा खुशी लागेको छ”, उक्त नगरपालिका–४ स्थित भालडाँडा सामुदायिक घरवासका अध्यक्ष पदमबहादुर रानाले भने, “नगर गौरवको कार्यक्रममा पारिएकाले आगामी वर्ष कालोपत्र हुने आशा गाउँवासीले गरेका छन् ।”

उक्त सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु ८० लाख विनियोजन गरेको सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए । चाम्बासदेखि शिखर कटेरीसम्म गरी यो मार्ग करीब १० किलोमिटर लामो छ ।

भानु जयन्तीमा बिदा

भानु नगरपालिकाले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भानुप्रति सम्मानका लागि नगरपालिकाभित्र पर्ने सामुदायिक विद्यालय तथा सबै सरकारी कार्यालयमा बिदा दिने निर्णय भएको नगर प्रमुख उदयराज गौलीले जानकारी दिए ।