२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बादी समुदायलाई व्यावसायिक तालीम

अ+ अ-

जाजरकोट । माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ ।

दल्लीस्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मार्दै दैनिक घरव्यवहार चलाउँदै आएका बादी समुदाय अब उद्यमशील भएर आत्मनिर्भर बन्नतर्फ स्थानीय सरकारले सहयोग गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए । एक महीनाको लामो होजियारी तालीम लिएर यहाँका बादी समुदाय अहिले माछा मार्ने पेशा छोड्दै ऊनी कपडा निर्माण, झोला निर्माण गरी आत्मनिर्भरतातर्फ उन्मुख भएको उनले बताए।

सधैँ बिहानदेखि बेलुकासम्म माछा मार्ने (पासा, जाल) सामग्री बुन्दै आएका यहाँका महिला अहिले सियो, धागो र मेसिन हातमा लिएर काममा व्यस्त हुने गरेका छन् । अब हामी सीप सिकेर आफैँ आत्मनिर्भर बन्नुपर्छ, सधैँ अर्काको भरमा पर्नु हुँदैन भन्ने चेतनाको विकास भएको नलगाड नगरपालिका–७ की निर्मला बादीले बताए । उनले भने, “नगरपालिका र घरेलु साना उद्योग विकास समितिले सहयोग गरेपछि हामी नयाँ सीप सिकेर उद्यमी बन्ने बाटोतिर गएका छौँ ।”

त्यस्तै अर्की लक्ष्मी बादी आजभोलि आमालाई साथमा लिएर दैनिक कपडा बुन्ने काममा लागेका छन् । उनले पहिलो चरणमा निर्माण गरेका कपडा नगरपालिका र घरेलु उद्योग विकासका कर्मचारीलाई हस्तान्तरण गरेका छन् । नगरपालिका र घरेलुले संयुक्तरूपमा सहयोग गरेपछि यहाँका १० घर बादी समुदायका महिलाले अहिले नयाँ व्यवसायको थालनी गरेको अर्की भुमिका बादीले बताए । अर्को पेशा गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभाव हुँदा दैनिक माछा मार्ने काम गरिरहेका थियौँ, त्यही माछा पनि वैशाख १ गतेदेखि नगरपालिकाले मार्न नदिएपछि हामी निरास भएको थियौँ, अब होजियारीको तालीम र सामान पाएका छौँ । अब ढुक्कसँग पेशा बदल्छौँ ।”

अहिले जलचरप्राणी नदीमा सकिएको भन्दै नलगाड नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएको छ । माछा मार्ने काम ठप्प भएका बादी समुदायलाई खाद्यान्न दिएर दैनिक परिवार पाल्दै आएको नगरपालिकाले अहिले होजियारी तालीम दिएर पेशा बदल्नतर्फ प्रेरित गरेको बादी अगुवा तिले बादीले बताए । होजियारीसँगै नगरपालिकाले मादल र लोपोन्मुख बाजा निर्माण गर्न र त्यसका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको तिलेले बताए ।

आउँदो हरीतालिका तिज र दशैँलाई लक्षित गरेर मादल र अन्य बाजा निर्माण गर्न नगरले सहयोग गर्ने सल्लाह पाएका बादी समुदाय अब व्यवसाय परिवर्तन गरी काममा लागेको बताउँछन् । रासस