काठमाडौं । बानेश्वरस्थित होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडले श्रमिकहरुलाई नियमित काममा फर्किन आग्रह गरेको छ ।
सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।
होटलको मानव संशाधन विभागले काममा फर्कन इच्छुक श्रमिकलाई १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा रोजगारीको ग्यारेन्टी नहुने र सट्टामा नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्ने होटल व्यवस्थापनले प्रष्ट पारेको छ ।
३६ वर्ष पुरानो होटल ०७२ वैशाख १२ को भूकम्पलगत्तै देखि बन्द छ । होटल बन्दपछि रोजगारविहीन श्रमिकले संघर्षसमेत गर्दै आएका थिए । होटल मजदुरको आन्दोलनपछि होटल व्यवस्थापन र संयुक्त संघर्ष समितिबीच ०७५ फागुन १२ गते १२ बुँदे सम्झौता भएको थियो ।
बन्द होटल सञ्चालनमा ल्याएर पुरानै श्रमिकलाई फर्काउनेलगायत विषयमा सम्झौतामा भएको छ ।
एस्तो छ सूचना :








