२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वच्छ, प्रभावकारी, पारदर्शि र सेवामुखि प्रशासन : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वच्छ, प्रभावकारी, पारदर्शि र सेवामुखि प्रशासन बनाउने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ बिषयक राष्ट्रिय कार्याशालाको उद्घाटन गर्दै उनले जनतालाई आत्मविश्वास,भविष्यप्रतिको आशावादीता देखाएर प्रशासन क्षेत्रले छिटो छरितो रुपमा काम गर्नुपर्ने बताए ।

उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कोतिर जनतामा सेवा उपलब्धता पु¥याउनु कामलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आजको आवश्यकता रहेको धारणा राखे ।

उनले मुलुकको विकास सिङ्गो देश मिलेर गर्ने उल्लेख गर्दै त्यो लागि प्रशासनिक अगुवाई गर्नु जरुरी रहेको बताए । ‘सरकारले मुलुकको विकासको उद्देश्यका तय गर्दछ’ उनले, ‘त्यस उद्देश्यमा समेटिएका नीति, कार्यक्रम, योजनाको कार्यन्वयनलाई अगाडि बढाउने काम प्रशासनिकले गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलिले न्यायिक, प्रशासनिक र विधायिक अधिकार सहित संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन गरेर सिंहदरवारको अधिकार प्रदेशमा पु¥याउने नभनेर सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउने भनेको बताए ।

अहिले संघ र प्रदेशका बीचमा अलिअलि केही सामानजस्यता र विवाद देखिएको जस्तो लागेको भन्दै उनले भने,’ कतिपयले प्रदेश भनेको छुटटै स्वतन्त्र सार्वभौमराज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा इकाई र निकाय मात्र भएको जस्तो कुरा गर्दछ । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो । जसलाई नियन्त्रण गर्ने संघिय सरकारको हो ।’

उनले सुरक्षा, अन्तराष्ट्रिय मामिला, आर्थिक स्रोत साधनका प्रश्नहरु संघ अन्तगर्त हुने व्यवस्था रहेको बताए । उनले तल्लो तह र माथिल्लो तहमा तादम्बता प्रदेशको भूमिका आवश्यक रहेको धारणा राखे ।
‘प्रदेशले तलका सरकार सरकार नै होइनन् । हामीमात्र सरकार हो भनेपछि त्यो संवैधानिक कुरा होइन’ उनले भने ।

हामी एउटा नयाँ अभ्यासमा रहेका उल्लेख गर्दै उहाँले सुरुमा यो अभ्यासमा अभ्यस्त हुनका लागि प्रशासन र राज्यका सयन्त्रलाई पनि गा¥हो भएपनि अभ्यस्त भई काम गर्नुपर्ने बताए ।

उहाँले सरकार बनेको पहिलो बर्षमा नै संविधान कार्यान्वयन, संघियता कार्यन्वयन र ७६१ वटा सरकार सन्तुलित तादम्बका साथ सन्तुलित ढंगले संचालन गर्ने कुराले देशले असाधारण सफलता प्राप्त गरेको कुरा उल्लेख गरे ।
‘प्रशासनिक पुन संरचना भन्दा राज्यका सवै अंगको राज्यका विधायिका, न्यायिक पुनसंरचनामा हामीले सफलता प्राप्त गरेका छौ’ उनले भने, ‘छिटफुट प्रतिक्रिया ठूलो होइन ।’

केहीले लक्ष्य तोकेर नै भत्काउने, विगार्ने प्रयासहरु संचालन गरेको भन्दै ति प्रयासका विचमा सफलता प्राप्त गरेको बताए । उनले सरकार सफलतापूर्वक लोकतन्त्रको सुदृढि गर्ने संविधान कार्यान्वयन, उपलब्धि रक्षा गर्ने कुरामा काम अगाडि बढेको समेत बताए ।

उनले विषादीका सम्बन्धमा भारतबाट आएको पत्र आफूलाई जानकारी नदिएकोले भन्दै भने,’मलाई यसप्रकारको व्यवहार हो किन गर्न खजियो । लापरवाही वा जानीवुझी हो । त्यसको खोजि गर्ने छु ।’
उनले नेपालीको भान्सा शुद्ध खानेकुरा विषादिरहित हुनुपर्दछ उद्देश्यले मात्र आफूmले कुरा गरेको र त्यो कसैका विरुद्ध नभई नेपालीले खानेकुराकोे बारेमा मात्र भएको बताए ।