सप्तरी । उदयपुरको त्रियुगा नगरपालिका १– अम्बेसीस्थित नदीको बाँध फुटेर करिब २ सय घर डुबानमा परेका छन्।
निरन्तर वर्षाका कारण बाँध फुटेर उदयपुर र सप्तरीको सिमानमा पर्ने सप्तकोशी नगरपालिका–१ फत्तेपुरका स्थानीय प्रभावित भएका छन्।
वर्षा निरन्तर भइरहेको छ । सबै मानिस सुरक्षित स्थानमा सरिसकेका छन् ।
बस्तीका मानिसहरूले घरका कुनै पनि सामान निकाल्न पाएका छैनन्।
सहायक प्रमुख जिल्ला अधिकारी भी प्रसाद भट्टराईले बाँध फुटेको जानकारी गराउँदै उद्धार कार्य सुरु गरिएको जनाएका छन् ।







