२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई बस एकापसमा ठोकिँदा ३४ घाइते, आठ गम्भीर

अ+ अ-

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काक्रेविहार बस व्यवसायी समितिको ना ६ ख ९६७० नम्बरको बस एकापसमा ठोक्किँदा ३४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

नेपालगञ्ज जाँदै गरेको बसको स्ट्रिरिङमा च्यापिएका चालक नेपालगञ्ज उपमहानगरपालिका निवासी २६ वर्षीय टेकबहादुर कुँवरलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको प्रवक्ता क्षेत्रीले बताए ।

उनका अनुसार गम्भीर घाइते वीरेन्द्रनगरपालिका ४ सुर्खेतका १५ वर्र्षीय स्नेहा गौतम, ४० वर्षीय सरिता पौडेल, वडा १ का ५२ वर्षीय चन्द्रदेव गिरी, ६ का २८ वर्षीय कमला शर्मा, ३ का ३३ वर्षीय जानुका गौतम, १२ का २० वर्षीय लियोजन कुमार थापामगर, मालिका गाउँपालिका १ गुल्मीका ३० वर्षीय रेशम श्रीष र बर्दिया बानियभारका ६७ वर्षीया कौशिला सापकोटाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।

बाँकी सबैको स्थानीय नर्सिङ होम र अन्य स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ४ ख ३८२७ का बस चालक जीवन राना फरार रहेको र उनको खोजतलास भइरहेको छ । रासस