२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषिक एकीकरणलाई स्थायित्व दिनुपर्छ : उपप्रम पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन भानुजयन्ती जस्ता अवसरले प्रेरणा दिने बताए ।

‘ समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ, यसका लागि नेपालीबीचमा एकता हुनु जरुरी, एकता खल्बल्याउनेहरु सक्रिय रहेकाले सबै सचेत हुनुपर्छ’, उपप्रधानमन्त्री पोखरेलले भने ।

सो अवसरमा उचाइ बराबरको अभिनन्दनपत्रले सम्मानित राष्ट्रकवि घिमिरेले भानुजयन्ती सर्वप्रथम दार्जीलिङबाट मनाउन शुरु गरिएको स्मरण गर्दै विदेशमा बस्ने नेपालीले नेपाल राष्ट्र, नेपाली भाषा र संस्कृतिलाई फैल्याएको बताए ।

‘अहिलेको विश्वमा मानिसमा हृदय र पारिवारिकता हराउँदै गएको छ, ‘रामायण’मा उल्लेख भएअनुसार राम वनबास जाँदा भरतले खराउलाई सिंहासनमा राखेर राज्य गरेजस्तो पारिवारिकता फर्कोस्, भानुजयन्तीबाट हामीले त्यो सिक्न सकौँ”, उनले भने ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकृत बनाएको नेपाललाई आदिकवि आचार्यले भाषिक एवं सांस्कृतिक रुपमा एकताको सूत्रमा गाँसेको बताए ।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले नेपाली भाषाको मानकीकरणमा योगदान दिएका आचार्यले ‘रामायण’लगायत ग्रन्थका माध्यमबाट सनातन संस्कृतिलाई एकताको सूत्रमा गाँसेको सुनाए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, प्राज्ञ देवी नेपाल, साहित्यकार ऋषभदेव घिमिरेलगायतले विसं २०३३ देखि नै प्रभातफेरी शुरु भएको जानकारी दिएका थिए ।

भानु जयन्ती मनाउन म्याम्माबाट आएका ओम बगाले थापाले नेपाली भाषा नरहे नेपाली जाति, संस्कृति र संस्कार बच्न नसक्ने भएकाले आफूहरुले विदेशमा बसेर पनि भाषा रक्षाका लागि काम गरेको जानकारी दिए ।

प्रभातफेरी
कार्यक्रमअघि रानीपोखरीस्थित दरबार हाइस्कुलसँगै रहेको आचार्यको प्रतिमामा माल्यार्पण गरी प्रभातफेरी गरिएको थियोे । प्रभातफेरीमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, साहित्यकारलगायतको सहभागिता थियो । प्रभातफेरीसँगै राष्ट्रकवि घिमिरेलाई रथारोहण गरी महानगरका विभिन्न भाग घुमाउँदै कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान परिसरमा पुर्‍याइएको थियो ।  प्रज्ञा–प्रतिष्ठान परिसरस्थित भानु प्रतिमामा पनि सो अवसरमा माल्यार्पण गरिएको थियो ।

गत वर्षको प्रभातफेरीमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विद्यालयलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । प्रभातफेरीमा बाजागाजासहित सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । कतिपय विद्यालयले भने भानुभक्तको वेशभूषमा विद्यार्थीलाई सिँगारेर प्रभातफेरीमा सहभागी गराएका थिए । मूल समारोह शुरु हुनुअघि विभिन्न विद्यालयका छात्रछात्राले ‘भानुभक्तीय रामायण’का विभिन्न श्लोक वाचन गरेर सुनाएका थिए ।