२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा पाँच दिनपछि घाम

अ+ अ-

बर्दिबास । पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो ।

आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझै आक्रान्त छन् । जिल्लाका गाउँ/नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ/नगर बस्तीका गरी ४० हजार व्यक्ति प्रभावित भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

जिल्लामा यसपटक बाढीले बगाएर बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्गको भब्सीपुल बगाएपछि अझै सो ठाउँमा यातायात सञ्चालन हुनसकेको छैन् । वर्षा र बाढीले धेरै नोक्सान सडक, पुल–पुलेसा र निर्माणाधीन योजनामा पुर्‍याएको छ । यसबाहेक सयौं बिघा उप्जाउ जग्गा बाढीले कटान गरेको छ ।

धेरै दिनपछिको वर्षाले पानी पर्याप्त भए पनि खेत खनजोत गर्न खेतमा जमेको बाढी पानीले अप्ठ्यारो परेको छ । अघिल्लो मध्य जेठताका राखिएको धानको ब्याड खडेरीले सकेपछि राखिएको ब्याडको बीउ अझै रोप्ने बेला पनि नभएको किसानले बताएका छन् । किसानलाई अहिले धेरै सकस घरपालुवा पशु बस्तुबाट भएको छ । चरणक्षेत्र पानीले डम्म भरिएपछि बस्तु डुलाउने ठाउँ नभएको र भूइँ घाँस पनि पानीले छोपिएकाले आहारा जुटाउन सकस भएको किसान बताउँछन् ।

पाँच दिनपछि घाम झुल्किदा अब राम्ररी काम गर्न पाइने आशा किसानको छ । तर, आकासमा बादल अझै मडारिन रहेको देखिँदा भने बाढीको त्रासदी मेटिन नसकेको सर्वसाधारण बताउँछन् ।