२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनभावनालाई आत्मसात् गर्न आग्रह : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीको विचार, सिद्धान्त र जनभावनाअनुसार सक्रिय रहन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाअन्तर्गत वडा कमिटीका पदाधिकारी एवं सदस्यको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पार्टी कार्यकर्ता तथा जनप्रतिनिधि जनताको दुःखसुखमा सहभागी बन्नुपर्नेमा जोड दिए ।

एउटै विचार र सिद्धान्त बोकेका दुई वटा शक्तिबीचको एकतालाई आत्मसात् गर्दै दुई अध्यक्षले गरेको त्याग मुलुकको विकास र समृद्धिका लागि भएको उल्लेख गर्दै उनले प्रत्येक कार्यकर्ता उत्पादनसँग जोडिनु आजको आवश्यकता भएको बताए ।

वर्तमान सरकार हात्ती लस्केको गतिमा विकास निर्माणमा जुटेको बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले अगाडि सारेका विकास योजनाको अनुगमनमा ध्यान दिनुपर्ने बताए । प्रदेशमा पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले जनवर्गीय सङ्गठनको एकताका लागि स्थानीयस्तरबाटै पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा स्याङ्जा जिल्ला कमिटीका सचिव एवम् प्रदेश सभासदस्य मीनप्रसाद गुरुङले पार्टीको वडाका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएको हो ।