२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

अ+ अ-

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो ।

आथिक वर्ष ७५/७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक सम्मान तथा असल छोरा, बुहारी र छोरी सम्मान कार्यक्रमअन्तर्गत प्रत्येक वडाबाट तीन तीन जनाका दरले २१ जनालाई नगद पाँच हजारसहित सम्मान गरिएको हो ।

जनप्रतिनिधि ज्येष्ठ नागरिकको घरघरमा पुग्ने र ज्येष्ठ नागरिकसँगको छलफलपछि असल छोराबुहारी, छोरीको छनोट गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । ज्येष्ठ नागरिकको पालन पोषणलाई मध्यनजर गरी तामाकोशी गाउँपालिकाले गत वर्षदेखि नीति तथा कार्यक्रममा नै समावेश गरी रकम विनियोजन गरेको थियो ।

विभिन्न घरायसी कामले गर्दा ज्येष्ठ नागरिकको हेरचाहमा विस्तारै कमी हुँदै गएको देखिएकाले ज्येष्ठ नागरिकको सम्मानका लागि गाउँपालिकाले असल छोराबुहारी सम्मान कार्यक्रम शुरु गरेको अध्यक्ष पोखरेलले बताए । रासस