२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको नियमावली पारित

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेका थिए । बैठकले मुलुकको विभिन्न भागमा केही दिन यता अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णयसमेत गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरी, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, शिवप्रसाद हुमागाईं, केन्द्रीय आमन्त्रित सदस्यहरु किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेलले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

उद्धार र राहतको अभियानमा सहभागितापश्चात् केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।