२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलोमा डुबेर बालकको मृत्यु

अ+ अ-

दाङ । कुलोमा डुबेर दाङमा एक जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगरा बस्ने हर्कबहादुर खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्री रहेका छन् ।

घर नजीकैको कुलोमा गएराति ९ बजे डुबेका बालकको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । उनको शव सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बबई नदीले बगाउँदा एक बेपत्ता

बबई नदीले बगाउँदा बबई गाउँपालिका–१ का वडा सदस्य पूर्णकली विकका बुबा ६० वर्षीय भुपाल कामी भएका छन् । गङ्गटेस्थित वडा कार्यालयबाट भत्ता बुझेर घर फर्कने क्रममा बबई नदी तर्दै गर्दा उनलाई गत असार २७ गते करीब ५ः३० बजे नदीले बगाएको थियो । बेपत्ता भएका कामीको अवस्था अझै अज्ञात रहेको वडासदस्य विकले जानकारी दिए।

विकट वडा भएकाले सञ्चारको पहुँच नहुँदा प्रहरी तथा गाउँपालिकासम्म खबर गर्न पनि समस्या भएको र हिजो मात्र जानकारी गराएको वडा सदस्य विकले बताए । स्थानीयवासीको सक्रियतामा खोजी जारी रहे पनि नदीमा पानीको सतह बढेकाले समस्या भइरहेको उनको भनाइ छ । रासस