२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

अ+ अ-

लहान । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।

बाढी प्रभावित क्षेत्रका जनता सङ्कटमा रहेकाले तत्काल उद्धार र राहत वितरण गर्नेतर्फ सबै संयन्त्र परिचालन गर्नुपर्ने भन्दै बाढी पीडितको नाममा हुने राहत वितरणको कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउन मन्त्री यादवले निर्देशन दिए ।

बस्तीभरि अझै बाढी रहेकाले महामारी फैलिन नदिन बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गर्न निर्देशन दिनुहुँदै बाढी पीडित जनतालाई उद्धार र राहतका लागि तीनै तहको सरकारले समन्वय गरी अघि बढ्नुपर्ने बताए। यसअघि मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सिरहाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।

सिरहामा चारको मृत्यु, एक बेपत्ता

केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल वर्षाको पानी जमेको खाल्डोमा डुबेर असार २९ गते सिरहाको मिर्चैया नगरपालिका–४ मा स्थानीय सन्तोष साहको ५ वर्षीया छोरी प्रियंका साह र बद्री महतोको ११ वर्षीया रागिनीकुमारी महतोको मृत्यु भएको छ ।

मृत्यु भएका दुई बालिकाका परिवारलाई मिर्चैया नगरपालिकाले किरिया खर्चबापत आर्थिक सहयोग गरेको छ । मृतक दुवै बालिकाका परिवारलाई नगर प्रमुख श्रवण यादवले रु २० हजारका दरले किरिया खर्च वितरण गरे ।

यस्तै सिरहाको नरहा गाउँपालिका–३ चन्द्रगाढास्थित सुमो एजुकेशन एकेडेमी बोडिङ स्कूलमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उदयपुरको बेलस्रोत निवासी ६५ वर्षीय सोभितबहादुर कटुवालको खाल्टोमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै सिरहा नगरपालिका–१७ पटेर्वास्थित कमला नदीको बाँध नजिकै पानीमा बालुवाले पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै सिरहा नगरपालिका–१५ सुखचैनामा आएको बाढीमा डुबेर भारत विहार देवरीया घर भई फुपाजु नरेश साहको घरमा आएका १५ वर्षीय बली साह बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

कमला नदीको बाढीमा डुबेर बेपत्ता भएका सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहा निवासी ५५ वर्षीय कामेश्वर यादवको भारत जयनगरको कोरियाही भन्ने स्थानबाट सकुशल उद्धार गरिएको छ । कमला नदीमा डुङ्गा चलाउँदै आएका यादव यही असार २८ गते बाढीमा डुबेर बेपत्ता भएका थिए ।

यस्तै अविरल वर्षाका कारण सिरहाको विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने दुई हजार ५३८ वटा घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस