२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

अ+ अ-

गाईघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ ।

चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ । पुलको पूर्वपट्टिको छेउको पिलरसँगै झण्डै १० मिटर लम्बाइको पर्खाल भत्कन थालेपछि तत्काल पुलको संरक्षण गर्न पूर्वी भागमा सवारी सञ्चालनमा रोक लगाएर पुलको पश्चिमी भागबाट मात्र सवारीसाधन सञ्चालन गर्नेगरी एकतर्फी क्षेत्रबाट सवारी आवतजावत शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख दिनेश चौधरीले बताए ।

पुलको पूर्वी भाग भत्कन थालेपछि ठूला सवारीसाधनका कारण पुल तत्काल भत्कन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वी क्षेत्रको रुट बन्द गर्दै पश्चिमी क्षेत्रबाट एकतर्फीरूपमा मात्र सवारी सञ्चालन अनुमति प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटले बताएको छ ।

त्रियुगा पुल उच्च जोखिममा पर्न थालेपछि तत्काल पुलको भत्किएको भाग पुनःमर्मत वा निर्माण शुरु गर्ने त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ । नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा पुलजस्तो महत्वपूर्ण भौतिक सम्पत्तिलाई नगरपालिकाले भत्कन नदिने र तत्काल पुलको पुनःमर्मत कार्य शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताए।

यसका लागि नगपालिकाले तत्कालै दुई जेसिभी प्रयोग गरेर पुलमुनिको माझ भागबाट पानीको सतह खोल्ने, पुलको छेउको पिलर र भत्किएका पर्खाल निर्माण गर्ने र खाल्डा पुर्ने काम शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताए।

सोही पुल भएर सदरमुकाम गाईघाटबाट राजधानी काठमाडौं, विराटनगर, धरान, सप्तरी, सिरहालगायत देशका विभिन्न भागसम्म यातायातका साधन आवतजावत हुने गरेको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ । समयमै पुलको संरक्षण हुन नसके सदरमुकाम गाईघाट हुँदै अन्यत्रबाट आवतजावत गर्ने सम्पूर्ण यातायात सञ्चालन नै ठप्प हुने अवस्था आउने हुनाले पनि समयमै पुलको संरक्षण गर्न आवश्यक रहेको यातायात व्यवसायीहरूले बताएका छन् । उक्त पुल विसं २०६३ मा निर्माण शुरु भई २०६६ मा निर्माण सम्पन्न भएको थियो । आठ करोडमा निर्माण भएको उक्त पुलको लम्बाई १२० मिटर र चौडाइ आठ मिटरको रहेको छ । रासस