२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी/पहिरो पिडीतहरुको खोज, उद्धार तथा राहतमा नेपाली सेना परिचालन

अ+ अ-

काठमाडौं । गत असार २६ गते देशका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको बाढीपहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनको लागी नेपाली सेना खोज, उद्धार तथा राहतमा निरन्तर रुपमा लागिरहेको छ ।

नेपाली सेनासंग भएका सवै किसिमका विपद् उद्धारका सामग्रीहरुसहित खोज,उद्धार, राहत वितरण,तटबन्द निर्माण,अस्थायी पुल निर्माण, रबरबोट सञ्चालन तथा अवरुद्ध भएका सडकहरु सुचारु गर्ने कार्यमा फौज खट्टिइरहेका छन् ।

विभिन्न किसिमका जनहितका कार्यहरुलाई निरन्तरता दिने क्रममा रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.४ टिकुलियामा, ईश्नाथ नगरपालिका १ बन्जहरा, धनुषा जिल्लाको नगराईन नगरपालिका २ लग्माजडही, महोतरी जिल्लाको बलवा नगरपालिका, मनरा सिसवा नगरपालिका, साम्सि गाउँपालिका र डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं.३ मा राहत वितरण कार्यमा सहयोग गरिरहेको छ ।

त्यस्तै महोतरी जिल्लाको पिपरा गाउँपालिका-४ पिपरामा बाटो कटान भई पानी जमेर सर्वसाधारण जनताहरुलाई आवतजावतमा समस्या भएपछि आवतजावतमा सहज बनाउने उद्देश्यले रबरबोट सञ्चालन गर्नुको साथै सिरहा जिल्ला औरही गाउँपालिका-२ स्थित तुलसीपुर-सुखीपुर जोड्ने पुल बाढीले बगाए पछि आवातजावातमा समस्या भएको हुँदा अस्थायी पुल निर्माण गरी आवातजावातमा सहज बनाइएको छ।