कैलाली । कैलालीको धनगढीमा बम बिस्फोटबाट एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरको सहिद गेट नजिक निलम होटल परिसरमा बिहीबार साँझ ७ बजे बम बिस्फोटन हुँदा घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका १४ का राम सिंहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।
बम बिस्फोटमा परी उनको ढाड र खुट्टामा गहिरो चोट लागेको थियो। मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, लक्ष्मण सेरेला, जितेन्द्र यादव, मोविन खानको भने उपचार भइराखेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिराखेको छ।







