२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण

अ+ अ-

बेझाड । पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ६५२ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो ।

भूकम्पले क्षति पुर्‍याएका चार हजार ६५२ घरधुरीमध्ये चार हजार २२६ घरपरिवारले पहिलो किस्ता र दुई हजार ११६ दोस्रो किस्ता र एक हजार २७५ घरपरिवारले तेस्रो किस्ताको रकम लिइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइका प्रमुख प्रेमनारायण बस्यालले जानकारी दिए ।

सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको उनले जानकारी दिए ।

उनका अनुसार आव २०७५/०७६ मा लाभग्राहीको सूचीमा परेकाका लागि रु ३२ करोड ५६ लाख ३८ हजार प्राप्त भएकामा रु २९ करोड ७१ लाख खर्च भएको छ । अनुदानतर्फ ९१ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

त्यस्तै पूँजीगततर्फ रु २२ करोड ६५ लाख ९६ हजार प्राप्त भएको बजेटमा रु १७ करोड ८४ लाख २२ हजार खर्च भएको छ । जसमा ७८ दशमलव ७५ प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

आव २०७५÷०७६ मा २१ वटा विद्यालय भवन निर्माण भएको छ । तीन कोठे चार वटा र दुई कोठे १७ वटा भूकम्प प्रभावित भवन निर्माण भएको हो । चार कोठे १५ वटा क्रमागत (दुई वर्षमा सम्पन्न हुने) भवन भने निर्माण भइरहेको छ ।

आगामी वर्षका लागि जिल्लामा ४८ वटा विद्यालय भवन र ४५ वटा शौचालय निर्माण गर्ने योजना रहेको जनाइएको छ । यसमा धेरै विद्यालयले सम्झौता गरी पेश्की रकम लिइसकेका छन् भने केही विद्यालयको सम्झौता गर्न ढिलो भएकाले पेश्की उपलब्ध गराउन बाँकी छ । नयाँ थप भएका ४८ वटा विद्यालयअन्तर्गत दुई कोठे २० वटा, तीन कोठे चार वटा, चार कोठे २४ वटा छन् ।