२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई

अ+ अ-

भीमदत्तनगर । स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् ।

आइतबार बिहान वडा नं. १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका हुन् । वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरी १४७ जनालाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति रु एक हजार पाँच सय र अपागङ्गता भएका व्यक्तिलाई रु एक हजारका दरले हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ । “निर्वाचनबाट म जनताको सेवाका लागि अध्यक्ष भएको हुँ”, वडाध्यक्ष कुँवरले भने, “जनताको करबाट हामीलाई दिइएको सुविधा गाउँमै दिने निर्णय लिएको हुँ ।”

उहाँले आफ्नो कार्यकालभरी आउने सबै सुविधा वडाका ज्येष्ठ नागरिक, अपागङ्गता भएका व्यक्ति, असाहय र विपन्न परिवारलाई प्रदान गर्ने बताए । कुवँरले गत वर्ष पनि आएको सुविधा गाउँमै वितरण गरेका थिए ।

“वडा कार्यालय आउन नसेका वृद्धवद्धालाई घरमै गएर पनि रकम पुगाउँने छु”, कुवँरले भने, “राजनीति सेवा हो, जागिर होइन ।” तलबवापत पाएको रु दुई लाख ६३ हजार उनले एक कार्यक्रमको आयोजना गरी वितरण गरेका हुन् ।

वडाध्यक्षले रकम वितरण गरेपछि गाउँका ज्येष्ठ नागरिक र अपागङ्गता भएका व्यक्तिमा खुशीयाली छाएको छ । “हाम्रा वडाध्यक्षको महानकार्यप्रति सलाम छ”, स्थानीय ८४ वर्षीय वृद्ध जयबहादुर विष्टले भने, “रकम भन्दा मान्छेको सामाजिक भावना ठूलो कुरो हो ।”

हरेक निर्वाचनमा मत दिएर जनप्रतिनिधि चुने पनि आफूहरुले पहिलो पटक मनकारी वडाध्यक्ष पाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी ७२ वर्षीय ऐनबहादुर सिंहले मनकारी अध्यक्ष पाएकोमा गाउँभरीका पाकापुस्ता हर्षित भएको बताए ।

जनप्रतिनिधी पाएसँगै गाउँमा खानेपानी, सडक सञ्जाल विस्तार, नदी नियन्त्रणका लागि तटबन्धलगायतका पूर्वाधार विकास भएको सिंहको भनाइ छ । रनसस