२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर अस्पताल निर्माण गर्दै काठमाडौँ महानगरपालिका

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ ।

आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए । महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ । अस्पताल कहाँ निर्माण गर्ने र कति श्ययाको हुने भन्ने छिट्टै टुङ्गो लगाइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनले भने, ‘महानगरवासीकै अनुरोध र यहाँको आवश्यकताको आधारमा नगर अस्पतालको योजना बनाइएको हो ।’

उक्त अस्पताल निर्माणका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने अध्ययन भइसकेको छैन । चालू आवभित्रै उपयुक्त स्थान छनौट गरिसकेर काम शुरु गर्ने योजना रहेको कामपाले जनाएको छ । महानगरभित्र विभिन्न स्थानमा जग्गा भए पनि सबैभन्दा पायक स्थानमा पर्ने जग्गा छनौट हुने प्रवक्ता डङ्गोलले बताए । उनले भने, ‘महानगरका ३२ वटै वडाका बासिन्दालाई सहज पर्ने स्थानको खोजी शुरु भइसकेको छ ।’

महानगरपालिकाका विभिन्न वडामा नगर स्वास्थ्य क्लिनिक छन् । तिनले महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवा दिँदै आएका छन् । चालू आवमा नै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको कामपाले आगामी आवमा जनस्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत रु १६ करोड २० लाख ३२ हजार छुट्टाएको छ । रासस