२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक कारवाहीमा ३१ करोड बढी राजश्व

अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/७६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी रुपमा हर्न बजाउने लगायतका कार्यमा सङ्लग्न सवारी साधनबाट उक्त राजश्व सङ्कलन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चार लाख ८१ हजार ७५ साना ठूला सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन गरेको जानकारी दिए । ‘ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही स्वरुप जरिवाना लिँदै आएका छौँ’, उनले भने ।

उपत्यकामा रहेका महाशाखाका करिब तीन ट्राफिक प्रहरी युनिटमध्ये महाशाखापछि दरबारमार्गस्थित ट्राफिक प्रहरी पोष्टले सबैभन्दा बढी ३५ हजारको संख्यामा ट्राफिक कारवाही गरी रु दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको पोष्ट इन्चार्ज प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए ।

महाशाखाले आव २०७४/७५ मा चार लाख ७२ हजार ४०७ सवारी साधन कारवाही गरेर रु २९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको थियो । महाशाखाले हाल काठमाडौँका ४० कार्यालयबाट उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै आएको छ । महाशाखामा हाल एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।

यातायात व्यवस्था विभागका अनुसार देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।