२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासुद्वारा आत्महत्या

अ+ अ-

काठमाडौं । काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

आज दिउँसो भएको उक्त घटनापछि गम्भीर घाइते श्रेष्ठको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा ज्यान गएको हो । घटनाको कारण भने खुलेको छैन । श्रेष्ठ मालपोत कार्यालयको नायब सुब्बाबाट अवकासप्राप्त कर्मचारी भएको प्रहरीले जनाएको छ ।

उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो। मालपोत कार्यालय डिल्लीबजारमा रहँदा उनले कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।