२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा–वडामै अपाङ्गता परिचयपत्र वितरण

अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । उक्त परिचयपत्र वितरण गर्ने अधिकार स्थानीय तहमा आएपछि नगरपालिकाले प्रत्येक वडावडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ ।

नगरपालिकाको वडा नं ३, ११ / १२ का १२६ लाई तथा वडा नं ३ मा ४२, ११ मा ५१ / १२ मा ३३ जनालाई रातो, निलो र पहेँलो रङ्गको उक्त परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

‘अपागङ्ता भएका व्यक्तिहरुको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७५ बमोजिम गठित स्थानीय समन्वय समितिको निर्णयअनुसार नगरमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेका हौँ’, उपप्रमुख सविता रसाइलीले भनिन् ।

परिचयपत्र वितरणका लागि गत जेठ ८ र ९ गते शारीरिक अवस्था जाँच गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र कार्यविधि–२०७५ अनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिहरुले पनि आगामी एक वर्षभित्र कार्यविधिअनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ गरी चार समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिललाई नीलो, मध्यम अपाङ्गता भएका व्यक्तिलाई पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिलाई सेतो रङको परिचयपत्र उपलब्ध गराइएको थियो ।

कूल ४६० को निवेदन परेकामा शुक्लागण्डकी नगरपालिका अपाङ्गता समन्वय समितिले कार्यविधिको आधारमा ३४१ जनालाई परिचयपत्र वितरण गरिने भएको छ ।