२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असफल प्रेमले सडकमा पुगेका पूर्व नासु

अ+ अ-

काठमाडौं । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए ।

उनको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो । ‘धादिङमा सडक विभागको नायब सुब्बा भएर काम गरेका थिए, प्रेममा बिछोडिँदा मनोरोगी हुनुभयो, त्यसपछि झण्डै २५’३० वर्षदेखि सडकमै बास भयो” काठमाडौँ महानगरपालिका– ५ का वडाध्यक्ष रमेश डङ्गोलले भने ।

हाँडीगाउँ आसपास सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले पाँच रुपैयाँ माग्ने उनको दैनिकी थियो । बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्ने । कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने । स्थानीयवासीका अनुसार पछिल्लो समयमा उनी बढी मदिराको लतमा छन् ।

विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डङ्गोल सम्झछन्, ‘न त सफल हुनुभयो, न परिवारमै अडेर बस्न सक्नुभयो ।’ आमा हुँदासम्म उहाँ केही समय घरमा पनि बस्ने गर्नुहुन्थ्यो । आमाको शेषपछि भने उनको बास सडकमै हुने गरेको स्थानीयवासीको भनाइ छ ।

एकपटक सडकमा घुम्दाघुम्दै हराए । त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डङ्गोल सम्झन्छन् । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शवको पहिचान गर्न उनी पनि गएका थिए । केसीले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । धादिङमा उनी जागिरमा छँदै मानसिक समस्या आएको स्थानीयवासी बताउँछन् ।

मनोविद् डा.नरेन्द्रसिंह ठगुन्ना भन्छन्, ‘प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ, जीवनप्रति नैराश्य तथा एक्लोपन हुने हुन्छ, बेलैमा सही व्यवस्थापन गर्न नसकिए मानसिक समस्या पनि हुन्छ, मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ ।’ त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उनले बताए ।

यसरी गरियो उद्धार

विगतमा उनको समस्या कसरी समाधान गर्ने भन्ने कुनै उपाय थिएन । आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँड्दा चिन्ता लाग्थ्यो । काठमाडौँ महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेकाले उनलाई राख्ने ठाउँको चिन्ता भएन । त्यसैले वडाध्यक्ष र वडा सदस्य मिलेर उद्धार गरी उनलाई आश्रममा पुर्‍याउन सफल भए।

तीन दिनअघि हाँडीगाउँस्थित कृष्ण मन्दिर नजिकै देखिए । काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष डङ्गोल, वडा सदस्य मीनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी आश्रम पुर्‍याएको हो । उनका आमाबुबा छ्रैनन् । वडा सदस्य प्रजापति एउटै वडा निवासी उनी आफूले देखेदेखि नै सडकमा रहेको बताउछन् । शुरुमा त्यति ठूलो मानसिक समस्या थिएन । समय बित्दै जाँदा गम्भीर मानसिक समस्यामा पुगेको उनले बताए ।

आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ । ‘कुनै कुराले असर पर्दा तत्कालै मनोविमर्श सेवा र प्रेम नपाएको मानिस मनोरोगी हुन पुग्छन्, उनीहरुको अन्तिम स्थान भनेको सडक नै हुनुपुग्छ’, आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भने । त्यसैले अरुले हेलाँ गरेर फ्याँकिएका मान्छेलाई माया दिनु आश्रमको लक्ष्य भएको उनले बताए ।

बर्तौलाका अनुसार कतिपय व्यक्ति माया र प्रेमले परिवर्तन हुन्छन् भने कतिपयलाई दीर्घकालीन औषधि सेवनको खाँचो हुन्छ । चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको छ । ठीक भएर घर पहिचान भएकालाई परिवारमा पुनःमिलनसमेत गराइन्छ । पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमान्को हेला, घरपरिवारको बेवास्ता, असफल प्रेम जस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन् ।रासस