२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली सरकार

अ+ अ-

सुर्खेत । सुर्खेत – हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ । त्यसैका लागि प्रदेश सरकारले आज बिहान काठमाडौँमा बृहत् छलफल गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मासहित संघीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ ईर्युवान कम्पनी (क्रीस)को प्रतिनिधिमण्डल, सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच छलफल भएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

उनले यही साउन १७ गते क्रीस कम्पनीले कर्णाली प्रदेश सरकारलाई बुझाएको उक्त द्रुतमार्ग सम्भाव्यता अध्ययन प्रतिवेदन कर्णाली प्रदेश सरकारले आजको छलफलमा प्रस्तुत गरेको बताए । ‘सुर्खेत–हिल्सा द्रुतमार्ग कर्णाली प्रदेशको जीवनरेखा र मुलुक समृद्धिको कोसेढुङ्गा मानिएको छ’, योजनामन्त्री ज्वालाले भने, ‘जसले देशको उत्तरी नाकाको पर्यटकीय र व्यापारिक नाका जोड्न विशाल महत्व राख्नेछ ।’

यही कुरालाई महत्व दिएर कर्णाली प्रदेश सरकार र सङ्घीय सांसदले आजै राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । योजनामन्त्री ज्वालाका अनुसार प्रतिवेदनमा उल्लिखित ४०३ किलोमिटर दूरीको उक्त द्रुतमार्गको लगानी रु ६४ अर्ब लगानी लाग्नेछ । कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको यो मार्ग चिनियाँ कम्पनी क्रीसले खर्चमा कार्य थालनी गरेको छ महीनाभित्र सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो ।सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली सरकार