२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध घरेलु मदिरा एक्काइस सय लिटर नष्ट

अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आकस्मिकरूपमा छापा मारेर उत्पादन भइरहेको क्षेत्रबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले मदिरा उत्पादन भइरहेको क्षेत्रमा गएर अवैध घरेलु मदिरा र मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको भाँडाकुडा र ड्रमसहित नियन्त्रणमा लिई स्थानीय वुद्धिजीवी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

भक्तपुर मार्सल आर्ट्स सङ्घ गठन

आत्मरक्षा प्रशिक्षक एवं सामाजिक अभियानकर्मी पद्मा खयरगोलीको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर मार्सल आर्ट्स हाप्किडो सङ्घ गठन भएको छ । राष्ट्रिय तथाअन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेको लैङ्गिक हिंसा रोक्न र दुश्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रत्येक महिलामा पुर्‍याउने उद्देश्यले सङ्घको गठन भएको हो ।

सङ्घको प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, महासचिव सुरेन्द्र जाकिबन्जार, उपसचिव राजेन्द्र भुषण खयरगोली, कोषाध्यक्ष रिता रञ्जितकार, सदस्यमा क्रमश : हरिबहादुर श्रेष्ठ, श्यामसुन्दर शिल्पकार, श्यामसुन्दर बासुकला, सुदीप सुवाल, अमित रञ्जित, जयन्ती श्रेष्ठ, रोजिना लोहला चयन भएका छन् ।

भक्तपुर जिल्ला खेलकूद विकास समितिको कार्यालयमा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका केन्द्रीय उपाध्यक्ष सुस्मिता गुरुङको उपस्थितिमा गठन भएको सङ्घको कानूनी सल्लाहकारमा श्रीधर ङाखुसी श्रेष्ठ, सल्लाहकारमा नारायण झा तथा राजु बजिको चयन भएका छन् ।

परापूर्वकालमा दुश्मनबाट आफूलाई रक्षा गर्न, चोर, फटाहा, डाँकाहरुबाट आफूलाई बचाउने कला, जसलाई ह्यानगुयल अर्थात् हाप्किडो भन्ने गरिएको यो खेलमा मार्सल आर्ट्सका पाँच खेल कराँते, ताइक्वाण्डो, बक्सिङ, जुडो र रेसलिङको कलालगायत प्रेसर प्वाइट, ज्वाइन प्वाइट विभिन्न कलाकौशल समावेश रहेको अध्यक्ष खयरगोलीले बताए ।

राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको सङ्घको हाल २५ वटा जिल्ला सङ्घको गठन भएको छ । नवगठित सङ्घले चाँडै नै मार्सल आर्ट्स हाप्किडो खेलसम्बन्धी खेलाडी, खेलप्रमी, समाजसेवी, विद्यार्थी, महिलालाई प्रशिक्षण दिने भएको छ ।