२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारीको असाधारण बिदा काट्न प्रस्ताव

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपाका सांसद झपटबहादुर रावलले निजामती कर्मचारीले पाउँदै आएको असाधारण बिदा काट्न प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा मङ्गलवार सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद रावलले असाधारण बिदा दिने व्यवस्था हटाउनुपर्ने प्रस्ताव गरेका हुन्।

‘असाधारण बिदा दिने व्यवस्था खारेज गरौँ’, उनले भने ‘असाधारण बिदा हाकिम वा मन्त्रीको तजबिजमा दिइने भएकाले यो आवश्यक छैन, हटाउनुपर्छ।’

यस्तो बिदा हाकिम, मन्त्री तथा राजनीतिक पहुँच भएकाले मात्रै पाउने भएकोले यसको दुरुपयोग भइरहेको उनको तर्क थियो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले असाधारण बिदा अध्ययनमा उपयोग भइरहेको जवाफ दिएका थिए।

उनले निजी खर्चमा विदेशमा अध्ययन गर्न जानेलाई दिइने अभ्यास रहेको प्रस्ट पार्दै यसले राज्यलाई घाटा नलाग्ने बताए ।

समितिका सभापति शशी श्रेष्ठले कुन कुन अवस्थामा असाधारण बिदा दिने हो भन्ने स्पष्ट लेख्नुपर्ने धारणा राखेकी थिइन् ।