२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडामा डेङ्गुको महामारी

अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा डेङ्गुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ । महानगरपालिकाले आज कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको जनाइएको छ ।

आजै डेङ्गु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत सम्पन्न भएको र टोल विकास संस्थामार्फत पनि डेङ्गुको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । विगतका वर्षहरुमा मकवानपुरमा कमै मात्र देखा पर्ने गरेको डेङ्गु रोगले यस वर्ष भने माहामारीको रुप लिँदै गएको देखिएको हो ।

विशेष प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका कारण हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र ६२ जना बिरामी परेको जनाइएको छ । यो सङ्ख्या साउन १ गतेदेखि २२ गतेसम्मको हो । बिरामीको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दिनहुँजसो बिरामी आउनेक्रम जारी रहेको जनाइएको छ । हेटौँडामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेपछि यसबाट बच्न जनचेतना जगाउँदै लामखुट्टे बस्ने र प्रजनन गर्न सक्ने सम्भावित स्थान नष्ट गर्ने काम शुरु गरिएको प्रमुख महतको भनाइ छ ।

उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको वासस्थान नष्ट गर्ने, टोलटोलमा यसका बारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । विशेष गरी हेटौँडाको वडा नम्बर ४ क्षेत्रमा यसको सङ्क्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोलटोलमा जमेका पानी हटाउने काम भइरहेको उनको भनाइ छ । यसैगरी हेटौँडामा देखापरेको डेङ्गुको नियन्त्रणका लागि प्रदेश सरकारसँगको सहकार्यमा पनि काम भइरहेको कार्कीले बताए ।रासस