२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइसेन्स नलिएका इन्जिनियरको सिफारिस नमान्न प्रस्ताव

अ+ अ-

काठमाडौं । लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको कामको सिफारिस नमान्न इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । नेपाल इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको कामको सिफारिस नमान्ने व्यवस्था गर्न एसोसियसनका पदाधिकारीहरुले माग गरेका हुन् ।

बिहीबारको विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी एसोसियसनका पदाधिकारीहरुले सो माग राखेका हुन् ।

प्रस्तावित विधेयकमा छलफल गर्न विधायन समितिले बिहीबार नेपाल इन्जिनियरिङ परिषदका पदाधिकारीहरुलाई बोलाएको थियो । छलफलमा नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्य, उपाध्यक्ष आशिष घिमिरे, महासचिव छविराज पोखरेल, उपमहासचिव कपिल आचार्य सहभागी भएका थिए ।

छलफलमा सहभागी नेपाल इन्जिनियरिङ एसोसियसनका उपाध्यक्ष घिमिरेले काउन्सिलमा रजिष्टर नभएको इन्जिनियरले गरेको सिफारिस नमान्ने व्यवस्था गर्न सहिने बताए । महासचिव पोखरेलले सबै इन्जिनियर राम्रामात्र नभएर गैरजिम्मेवार पनि हुने भएकाले त्यसलाई रोक्न र पैसाका आधारमा नक्कली सर्टिफिकेट लिई लाइसेन्स लिएकाहरुको गुणस्तर नहुने भएका कारण लाइसेन्स परीक्षा अनिवार्य गर्नुपर्ने बताए ।

छलफलमा अनुभवी इन्जिनियरहरुलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि प्रष्ट धारणा दिन सांसदहरुले आग्रह गरेका थिए ।

परिषदका अध्यक्ष त्रिरत्न बज्राचार्यले लाइसेन्स परीक्षा लिनका लागि आन्तरिक तयारी गरेका भएको र सरकारले ऐन दिएपछि त्यसलाई सहज रुपमा अगाडि बढाउनइने बताए ।

प्रस्तावित विधेयकमा ६–६ महिनामा इन्जिनियरिङ लाइसेन्स परीक्षा लिने व्यवस्था उल्लेख छ ।

हाल त्रिभुवन, पोखरा, पूर्वाञ्चल, काठमाडौं, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत हाल ५१ वटा क्याम्पसमा इन्जिनियरिङ पढाइ हुन्छ ।