१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमन्त्रीद्वारा कृषि उद्यमको अनुगमन

अ+ अ-

हेटौँडा । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले आज प्रदेश सरकारको अनुदानमा हेटौँडा उपमहानगरपालिका–१२ र १३ मा सञ्चालिते बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन गरेका छन्।

मन्त्री लामाले हेटौँडा–१२ का वडाध्यक्ष ललित घलानद्वारा सञ्चालित अग्रेली कृषि फार्म अनुगमन गर्दै प्रदेश सरकारको उद्देश्यअनुसार कार्य सम्पादन गर्न निर्देशन दिनुभएको वडाध्यक्ष तथा फार्मका सञ्चालक घलानले बताए । रू ४० लाखको लगानीमा १३ कट्ठा जमीनमा टनेल निर्माण गरेर गोलभेँडा, भेडे खुर्सानी तथा अन्य बेमौसमी तरकारी खेती गरिएको उक्त फर्मबाट वार्षिक रू १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ । फार्मका लागि प्रदेश सरकारले रू २१ लाख ७५ हजार अनुदान दिएको उनको भनाइ थियो ।

त्यस्तै मन्त्री लामाले आजै हेटौँडा–१२ मा रहेको सुन्दर बहुउद्देश्यीय कृषक समूहले सञ्चालन गरेको बाख्रापालन केन्द्र पनि अनुगमन गर्दै यसबाट वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए । पदमपोखरी क्षेत्र बाख्रापालनका लागि अत्यन्त उपयुक्त भएकाले दत्तचित्त भएर काम गर्न उनले सुझाब दिए ।

केही दिनअघि बाट मात्रै सञ्चालनमा आएको बाख्रापालन केन्द्रमा ७५ माउ बाख्रा र तीन बोयर जातको बोका रहेको कृषक समूहका फेन्चु लामाले जानकारी दिए । प्रदेश सरकारको १६ लाख ४३ हजार अनुदान र रू १४ लाख १६ हजार उक्त समूहको लगानीमा १० जनाले सामूहिक बाख्रा पालन गर्दै आएका छन् । रासस