२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेश : विधेयक पारित

अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले पारिश्रमिक र सुविधासम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाको बहुमतले पारित गरेको छ ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले विधेयकले व्यवहारिकतालाई समेटेको बताउँदै जनताको भावनालाई आत्मसात् गर्दै जनप्रतिनिधि क्रियाशील बन्नुपर्ने धारणा राखे । अर्का सदस्य डोबाटे विश्वकर्माले जनप्रतिनिधिले सेवा सुविधा लिइरहँदा जनता करको मारमा परेको, कर तिर्दा घरबार नै बेच्नुपर्ने अवस्था आएको जस्ता कुरालाई गम्भीरताका साथ लिनु आवश्यक भएको बताए ।

स्थानीय तहका उपप्रमुखलाई पनि गाडी सुविधा दिने गरी विधेयक आएको र यसले ठूलो आर्थिक भार थपिने बताउँदै उनले नयाँ गाडी किन्नुभन्दा पनि सिंहदरबारमा थन्किएर रहेका गाडीको उपयोगका लागि संघसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले जनप्रतिनिधिको सेवा सुविधाभन्दा पनि जनताले कसरी छिटो छरितो सेवा पाउँछन् भन्नेतर्फ गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै करको दर वृद्धिभन्दा पनि दायार बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य हरिशरण आचार्यले संघीयतासँगै घरघरबाट सेवा पाउने जनअपेक्षा रहिरहेका अवस्थामा त्यसतर्फ नभई सेवा सुविधा बढाउनेतर्फ लाग्नु उचित नभएको धारणा राखे ।

विधेयकमाथिको संशोधन प्रस्तुत गर्दै कृष्ण थापाले जनप्रतिनिधिको पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा अदालतमा बहस भइरहेका अवस्थामा यो विषय प्रदेशसभामा आउनु उचित नभएको धारणा राखे ।

आजको बैठकमा शून्य समयमा बोल्दै विन्दुकुमार थापाले केही दिनअघि पोखराको न्युरोडमा भएको आगलागीका पीडितलाई उचित क्षतिपूर्तिको माग गरे । बैठकमा शून्य एवं विशेष समयमा विनोद केसी, पुष्पा केसी भण्डारी, मनकुमारी गुरुङ, पियारी थापा, धनमाया लामा पोखरेल र मणिभद्र शर्माले जनसरोकारका विविध विषयबारे प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा यसअघिका बैठकमा शून्य तथा विशेष समयमा सदस्यले उठाएका प्रश्नको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र सामाजिक विकासमन्त्री नरदेवी पुनले जवाफ दिएकी थिइन् ।