२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियाको जाभा टापूमा डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ सकुशल उद्धार

अ+ अ-

जाकार्ता, इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समय अनुसार बिहीबार साँझ आगलागी हुँदा कम्तीमा २२ जना वेपत्ता भएका एक अधिकारीले बताएका छन् ।

शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुङ्गामा यात्रारत २५५ जनालाई सकुशल उद्धार गरिएको र सम्पर्कमा आउन नसकेका कम्तीमा २२ जनाको खोजी कार्य भइरहेको बताएका छन् ।

इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुङ्गामा एक्कासी आगलागी भएजस्तो कालो मुस्लो देखिएपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए ।

सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याच्रुल नुग्रोहाले बताए, ‘यात्रारत २७७ जनामध्ये २५५ जनालाई सकुशल उद्धार गरिएको छ भने हराएका केही व्यक्तिहरूको खोजी भइरहेको छ ।’

डुङ्गामा के कारण आगलागी हुनपुगेको थियो भन्ने बिषयमा अनुसन्धान शुरू भइसकेको नुग्रोहोले बताए ।

करिब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

जाभाको उत्तरी तटमा गत जुनमा भएको यस्तै एक डुङ्गा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो । गत बर्ष सुमात्रा टापूमा जाने क्रममा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १६० जनाको मृत्यु भएको थियो । यस्तै सन् २००९ मा सुलावेशी र बोर्नेओकोबीचमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ३०० जनाको मृत्यु भएको थियो ।रासस/एएफपी