काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ ।
पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको उल्लघन गरेको भन्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले उजुरी पेश गरेका हुन् ।
उजुरीमा रवि लामिछानेले टेलिभिजन कार्यक्रममा आफूलाई पाहुनाका रुपमा बोलाएर आचार संहिता विपरीत प्रस्तुत भएको आरोप उल्लेख गरिएको छ ।
पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै रवि लामिछानेविरुद्ध हदैसम्मको कार्बाहीको माग गरिएको छ ।







