२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनालाई थप व्यवसायीक बनाउँदै लैजाने रक्षामन्त्री पोखरेल

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाली सेनालाई थप व्यवसायीक बनाउँदै लैजाने बताएका छन् ।

जंगी अड्डामा आज(शुक्रबार)देखि शुरु भएको तीन दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय जगतको समग्र सुरक्षा स्थितीको सम्बन्धमा जानकार रही देशको सुरक्षा स्थितीको मुल्यांकन गर्ने महत्वपूर्ण कामको विविध पक्षहरुको समिक्षा र पुनरावलोकन गरि थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने नीति सम्बन्धमा हुने छलफलले नेपाली सेनालाई थप व्यवसायीक बनाउदै लैजाने धारणा व्यक्त गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बोधनको क्रममा उनले नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कार्यहरुको प्रसंशा गर्नुका साथै गौरबपूर्ण ईतिहास बोकेको नेपाली सेनाले बदलिंदो परिस्थितीमा आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा जोड दिएकोसमेत जंगी अड्डाले जनाएको छ ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ९आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।