२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु

अ+ अ-

तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन । विमानस्थल कार्यालयले नेपालमै पहिलो पटक आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको हो ।

बेल्टको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलको सेवा स्तरोन्नतिको नयाँ थालनी भएको र यसलाई क्रमशः विस्तार गर्दै लगिने बताए ।

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै विमानस्थलको सेवा सुदृढीकरणको कामलाई प्रथमिकताका साथ अघि बढाइने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले पर्यटकीय पूर्वाधारको रूपमा रहेका विमानस्थलको भौतिक संरचना निर्माण र प्राविधिक सुविधा अभिवृद्धि गरिने उल्लेख गरे । अन्तर्राष्ट्रिय मापदण्डको यो सेवा विमानस्थलले आन्तरिकतर्फ पहिलो पटक लागू गरेको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार कन्भेयर बेल्टमार्फत एक घण्टामा एक हजार २०० ‘ब्यागेज’ ‘क्लियर’ हुन्छ र एक मिटरले ७५० केजी क्षमताको ब्यागेज समेट्छ । कन्भेयर बेल्ट ३९ मिटर लामो छ ।

यसले यात्रुलाई ब्यागेज लिन सहज छिटो हुनका साथै विमानस्थलको सरसफाइमा पनि सहयोग पुग्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलबाट १० हेलिकप्टरसहित २० वटा वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।