२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर

अ+ अ-

काठमाडौं । भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले राससलाई जानकारी दिए । मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन ।

पहिले एक तले मन्दिर रहेकामा पछि दुई तला थपेर तीनतले प्यागोडाशैलीको मन्दिर निर्माण गरेको प्रारम्भिक अध्ययनपछि थाहा भएको विभागका पुरातत्व अधिकृत अमृता महर्जनले बताए । मन्दिर लिच्छविकालमा बनेको विश्वास गरिए पनि मन्दिर परिसरमा शिलालेख भने फेला परेको छैन ।

नयाँ भेटिएका गजुरका विषयमा विभाग र कोषका उच्च अधिकारीले अध्ययन गर्ने भएका छन् । भित्रको गजुर बाहिरको भन्दा पुरानो छ । परेवाले गरेको विष्टाले छोपेको गजुरलाई सफा बनाइएको छ । पुनःनिर्माणका लागि मन्दिर भत्काउने क्रममा नयाँ गजुर भेटिएपछि काम बन्द गरेर मन्दिरलाई जस्ताले छोपेर राखिएको छ । कोष र विभागका विज्ञको समूहले नयाँ गजुरका बारेमा अध्ययन गरी निष्कर्ष निकालेपछि मन्दिर भत्काएर पुनःनिर्माण गरिने कोषले जनाएको छ । रासस