२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक दङ्गा भड्किने अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह

अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिकरुपमा धार्मिक दङ्गा भड्किने खालका अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् ।

राप्रपाको प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित ‘प्रशिक्षक–प्रशिक्षण कार्यक्रम’ को उद्घाटन गर्दै उनले मुलुकमा स्थायी शान्ति र प्रजातन्त्रको सुदृढीकरणका लागि भएपनि यस्ता अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले मुलुकमा ९१ प्रतिशत हिन्दूधर्मावली रहेकाले उनीहरुको धार्मिक स्वतन्त्रतामाथि कुनै पनि दलको नेतृत्वले निषेध गर्न नहुने बताउँदै नेपाललाई सनातन हिन्दूराष्ट्रका रुपमा राख्न पार्टीले आन्दोलन गर्ने उद्घोष गरे ।

उनले सत्तारुढ नेकपाको सरकारले आफ्नो दम्भ र महत्वाकाङ्क्षीलाई त्यागेर जनतालाई विकास, पूर्वाधार र आर्थिक समृद्धितर्फ जोड्ने कार्यलाई केन्द्रबिन्दुका रुपमा राख्नुपर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष थापाले राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा अघि बढाउन राप्रपाले सातवटै प्रदेशमा पार्टीको सङ्गठन विस्तार गर्ने उल्लेख गर्दै पार्टीको सौद्धान्तिक पक्षलाई लिएर जनताको घरदैलोमा पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सो अवसरमा राप्रपाका सहमहामन्त्रीद्वय राजाराम वर्तौला र भक्तिप्रसाद सिटौलाले राप्रपालाई राष्ट्रवादी शक्तिका रुपमा अगाडि बढाउनका लागि सङ्गठनको सुदृढिकरण गर्न र कार्यकर्तालाई ऊर्जाशील बनाउन प्रशिक्षण आवश्यक रहेको चर्चा गर्दै मुलुकमा बढ्दो भ्रटाचारलाई संवैधानिक निकायले तत्काल अनुसन्धान गरी कारवाही अघि बढाउनुपर्नेमा जोड दिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मकवानपुरका करीब १७५ जना प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले जानकारी दिए।