२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछा बेचेर घरको गर्जो टार्दै

अ+ अ-

मु्ग्लिन । पृथ्वीराजमार्गअन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल ।

उनी यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौं भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्छन् । उनका ग्राहक भनेका राजमार्गमा गुड्ने तिनै सवारी साधनका यात्रु हुन् । माछा झुण्ड्यार उभिएको देखेपछि सवारी साधन रोकेर ग्राहकले माछा किन्ने गर्छन् ।

उनको कमाइ दैनिक एक हजारदेखि एक हजार ५०० सम्म हुन्छ । यही कमाइले उनको घरको गर्जो टर्दै आएको छ । उनको परिवारमा बुबा–आमा, श्रीमती र दुई छोरी गरी छ जना छन् । छ जनाको पालनपोषण यही राजमार्गमा दिनभर उभिएर माछा बेची गर्दै आएको उनले बताए ।

“अठार वर्षदेखि यही राजमार्गमा माछा बेचेरै घरको गर्जो टार्दै आएको छु, दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइ हुन्छ”, उनले भने। राजमार्गमा माछा बेचेरै जसोतसो घरको गर्जो टार्दै आएकाले उनले अहिलेसम्म विदेश जाने सोच बनाएका छैनन् । उनले भने, “विदेश जान पनि खासै राम्रो सीप छैन, गतिलो कमाइ हुने जागिर पाउँदैन, ऋण गरेर जानुपर्ने हो, यसैबाट घरखर्च टरेको छ, विदेश जाने सोच बनाएको छैन ।”

माछा व्यापार गर्दा लगानी गर्न नपर्ने उनको भनाइ छ । रामेछाप घर भई हाल धादिङको मलेखुमा परिवारसहित बस्दै आएका रामचन्द्र मगर पनि राजमार्गमा माछा बेच्दै आएको चार वर्ष भयो । उनी पनि माछा बेचेरै घर खर्च टार्दै आएका छन् ।

विदेशमा सिकेर नेपालमा व्यावसाय

छ वर्ष कतार र छ महिना अफ्रिका बसाइँपछि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेर स्वदेश फर्किएका गोरखा शहीद लखन गाउँपालिका–१ ठेवाटारका कृष्णबहादुर दराईलाई शुरुमा बेकरी व्यावसाय शुरु गर्छुभन्दा परिवारले साथ दिएनन् । तर उनले आँट गरेर चितवनको इच्छाकामना–४ लेवटारमा बेकरी व्यावसाय शुरु गरे । शुरुमा उनलाई व्यवसाय सञ्चालन गर्न निकै कठिन भयो ।

छ वर्ष कतारमा रहँदा मुस्किलले १२ लाख कमाएका थिए । उक्त रकम व्यवसाय गर्न पर्याप्त थिएन । व्यवसाय सञ्चालन गर्न आवश्यक यन्त्रसमेत खरीद केही ऋण लिएर गर्नुपर्ने बाध्यता भयो । अहिले चार जनाको परिवारलाई पालनपोषण बेकरी व्यवसयाको आम्दानीबाटै धानेका थिए । दुई जनालाई रोजगार पनि दिएका छन् । श्रीमती र छोरीहरुले पनि उनलाई सघाउँछन् । उनले नेपालमै १६ वर्ष र विदेशमा छ वर्ष गरी २२ वर्ष अर्काकोे काम गरे ।

कतारमा रहँदा उनले अझ धेरै सीप हासिल गरे । त्यही सीपलाई नेपालमा आएर केही गर्नुपर्छ भन्ने सोच राखेर फर्किएको उनको भनाइ छ । उनलाई आफैँले सञ्चालन गरको व्यवसायबाट सन्तुष्टि मिलेको छ । अहिले उनले मासिक ३० हजार घरभाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । अब घर बनाएर व्यवसायलाई अझ विस्तार गर्ने ४४ वर्षीय दराईको योजना छ । रासस