२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्र बनाउने : मुख्यमन्त्री राई

अ+ अ-

प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताएका छन् । विराटनगर आँखा अस्पतालको १३ औँं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको आज यहाँ उद्घाटन गर्दै उनले अन्धोपन न्यूनीकरणमा देशमा ठूलो पहिचान बनाएकामा प्रशंसा व्यक्त गरे ।

मुख्यमन्त्री राईले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गरी विदेशी मुलुकका नागरिकलाई आकर्षित गर्ने कार्यबाट सबैले प्रेरणा लिनुपर्नेमा जोड दिए ।

नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष तीर्थप्रसाद मिश्रले संघले अन्धोपन निवारणमा ९० प्रतिशत सहयोग पुर्‍याएको दाबी गर्दै आँखा उपचारका बिरामीले प्रयोग गर्ने सामग्रीमा भन्सार छुटको माग गरे ।

संघद्वारा सञ्चालित अस्पतालले विदेशी मुद्राआर्जन गरी स्थानीयस्तरमा रोजगारी र आर्थिक कारोवारमा वृद्धि गरेको उनले दाबी गरे ।

संघका महासचिव एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष श्यामकुमार पोखरेल, प्रा सञ्जयकुमार सिंहले सन् २०१८ मा अस्पतालले २३७ जनालाई आँखाको नानी प्रत्यारोपण गरेर अन्धोपन हटाएको जानकारी दिए । यस क्षेत्रमा एक हजार आँखाको नानी आवश्यक भएकामा गत वर्ष १० वटा सङ्कलन भएको र वार्षिक १०० वटा नानी सङ्कलन भएमा आँखा बैंकको स्थापना गरिने बताइएको छ ।

संघद्वारा नेपालभरि १८ आँखा अस्पताल तथा ८६ उपचार केन्द्रमा सन् २०१८ मा २२ लाखले उपचार गराएका थिए भने दुई लाख ३० हजारको शल्यक्रिया गरिएको थियो । उपचार गराइएकामध्ये आठ लाख बिरामी विदेशी रहेको कार्यक्रममा जानकारी गराइयो ।