२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बजेट दुरुपयोग र असारे विकास रोकिने’

अ+ अ-

मोरङ । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै बनाइसक्ने बताएका छन् ।

विराटनगरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको ‘प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्ययोजना’ कार्यक्रममा उनले बजेट कार्यान्वयनका क्रममा विगतमा भएका कमजोरी सच्याउँदै १५ दिनभित्रै कार्यविधि बनाएर काम शुरु गरिने बताएका छन् ।

उनले परम्परागत शैलीमा बजेट बनाउने र विकास बजेट खर्चहुँदा खर्च अनुसारको प्रतिफल नआएकाले योजना छनोटदेखि कार्यविधि बनाउने र कार्यन्वयनसम्मनै सुधार गरिँदै जाने बताए । एउटै काममा पटक–पटक बजेट जाने तर काम नहुने प्रवृतिले जनता निराश भएकाले यसपटक जनताले विकासको अनुभूति गर्न पाउने उल्लेख गदै मुख्मन्त्री राईले भने, ‘प्रदेशले आफ्नौ छुट्टै कार्यविधि बनाएर काम गर्छ, यस पटकको कार्यविधि स्थानीय जनताले बुझ्ने, उनीहरुका घरसम्मै पुग्ने किसिमको हुने छ ।’

उनले बनिसकेका कार्यविधिका कमजोरी सच्चाउने र नयाँ कार्यविधि बनाउने काम छिट्टै सकेर कार्यन्वयनतर्फ लागे बजेट दुरुपयोग र असारे विकास रोकिने बताए । उनले भएका कामको अनुमगन प्रदेशसभा सदस्यलाई जिम्मा दिइने जानकारी गराए । योजना छनोट हुँदा र कार्यान्वयन हुँदासमेत सम्बन्धित क्षेत्रका सदस्यलाई जानकारीसम्म नआएको र अनियमितता हुने गरेको विषय आउने गरेकाले मुख्यमन्त्री राईले प्रदेशसभा सदस्यको नेतृत्वमा अधिकार सम्पन्न टोली बनाइने बताए ।

उनले बजेट कार्यान्वयन योजनामा केही कमीकमजोरी भए सुधार गरेर जान सकिने तर बजटेको सही सदुपयोग हुन सबै तह जिम्मेवार हुनुपर्नेमा जो दिए । कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङवोले गत वर्षका अधुरा योजना पूरा गर्ने, बहु वर्षेयोजना सम्पन्न गर्न बजेट कमी भए पनि बजेट पारदर्शी र विकासका काममा सुशासन भए विस्तारै सम्पन्न गर्न सकिने बताए।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका राजीव कोइरालाले विकासमा सुशासन कायम गर्न जनता सचेत, नेता र कर्मचारी जिम्मेवार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सभामुख प्रदीप भण्डारी, प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले पनि उठेका प्रश्नको जवाफ दिएका थिए ।