धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा बुधबार राति आगजनी गरिएको छ।
वडा कार्यालयमा राति करिब १० बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
वडा अध्यक्ष कक्षको झ्यालको सिसा समेत फुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए। ‘बोत्तलमा पेट्रोल हालेर आगो लगाएको देखिन्छ’ उनले भने।
तर कार्यालयभित्रै बस्ने कार्यालय सहयोगीका कारण आगजनीबाट ठुलो क्षति हुन नपाएको बताए। वडा अध्यक्षको कक्षभित्र आगजनीबाट सामान्य क्षति भएको छ।







