२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उनले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताएका हुन् ।

‘वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर नेपाल प्रहरी एक्लैले सुधार गर्न सक्दैन, यसमा सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने । महानिरीक्षक खनालले बिरामीका लागि चिकित्सक भगवान् भएजस्तै यात्रुका लागि चालक पनि भगवान् नै भएकाले चाडपर्वका समयमा सबैलाई सुरक्षित स्थानसम्म पुर्‍याउन सम्पूर्ण चालकलाई आग्रहसमेत गरे ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्क बनाउन आफ्नो संस्था लागिपरेको बताए । ‘बसपार्कभित्रको ९० प्रतिशत बेथिति हटिसकेको छ, बाँकी बेथिति हटाउन सबैको सहकार्य आवश्यक छ,’ उनले भने, ‘आगामी दिनमा अनलाइन टिकटबाट यात्रा गर्न मिल्ने प्रक्रियाको थालनी गरिने छ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला,महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले ट्राफिक व्यवस्थापनमा ट्राफिकले मात्र केही गर्न नसक्ने भन्दै सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

यसैबीच महाशाखाले विगत दुई दशकदेखि देशका विभिन्न भागमा सुरक्षित यात्रा गराउने सात प्रदेशका सात चालकलाई नगदसहित सम्मान गरेको थियो । सोही अवसरमा नेपालका राष्ट्रिय कलाकार बद्री पङ्गेनी, राधिका हमाललगायतले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।